एउटा साथी थियो, स्कुल पढ्दा ताकाको जो सँग बसेर हरेक दिन, हरेक कुरा मा डिस्कस गरिन्थ्यो, सारा दुनियाँ लाई झगडा गरेझै लाग्थ्यो तर भित्री मन मुटाव केहि हुन्न्थ्यो । एक अर्का लाई चित्त नबुझेका कुरा हरु भने मज्जाले पोख्थ्यौ अनि आफ्नो कुरा मा अडिग रहन्थ्यौ । उ जात ले बाहुन तर नास्तिक तर आफुलाई धर्म-कर्म मा ठुलो चाह अझ मेरो हुलिया बाहुन कै झै हुन्थ्यो अनि भन्ने हरुले त हामी २ जना लाई टपरी बाहुन को जोडी नै पनि भन्थे । त्यो हाम्रो जोडी अचानक टुटेको थियो जब उस्ले स्कुल फेरेर अन्तै कतै गयो, त्यस्तो अन्तिम भेट भन्ने कुरा नै भएन उ सँग, स्कुल छाडेको भन्ने कुरा नि निकै पछी मात्र था पाको थिम हाम्ले ।
आज ८ बर्ष पछी उहि नास्तिक साथीलाई भेटियो त्यो पनि एकदम अनपेक्षित भेष र अनपेक्षित ठाउँमा – उ मन्दिर मा पुजा गर्दै थियो । मलाई त बिश्वास नै लागेन र चिमोटे पनि आफैलाई कि यो सपना त हैन र उ त्यै होम नाथ हो भन्ने निर्क्योल गर्न । हेरी रहे उस्ले आफै ले मन्त्र पढ्दै पुजा गरेको सुहाउँदो थियो, टुप्पी पालेको होम नाथ ।
उस्को काम सकिएसी बोलाए होम नाथ भनेर, लागेको थिएन उस्ले मलाई त्यती चाँडै चिन्छ भनेर तर एकैछिन घोरिएर हेरेपछी करायो खरायो बाजे भन्दै अनि अन्कमाल गर्न हात फिजायो तर उस्को बोलिमा पहिलेको जती शक्ती भने थिएन । केहि बेर एक अर्का को हालखबर सोधखोज भो, शास्त्री नै भैसकेछ उ त अर्को अच्चमित पार्ने कुरा भन्यो । खै किन हो उस्को यस्तो भेष देखेर एउट प्रश्न नसोधी बस्नै सकिन अनि सोधे होम नाथ कसरी एउटा नास्तिक बाट शास्त्री बन्न पुग्यौ अनि यो पुजापाठ के का लागी ?
उस्ले भन्यो लामो कथा छ साथी भन्न थाले भने छोटो समय ले पुग्दैन, चाँडै सकिदैन तिमीलाई सुनाउने कथा । मैले भने छोटकरी मै सुनाउ न त अहिले लाई
सानै मा गुमाएको माया को अवतार को रुपमा कोही भेटेको छु साथी अहिले उस्लाई फेरी गुमाउन चाहन्न र पुजापाठ नै अन्तिम उपाय रहेको छ अनि भागवान लाई रिजाउनु छ कुनै पनि हालत मा उस्को स्वास्थ्य लाभ को लागी भन्दै लामो कहानी नै सुनाउन थाल्यो
लामो कथा सुनाउने अनुमती त म सँग छैन अहिले तर उस्को कुरा ले एउटा निश्कर्ष निकाल्दा भने फरक पर्दैन “साँच्चै माया मा नै परिवर्तन को अथाह शक्ती हुन्छ, मान्छे सधैँ तड्पिन्छ मायाकै लागि र हदै सम्म लागिपर्छ माया/मायालु को खुशीको लागि”
साँच्ची उसँग डिस्कस नगरेको पहिलो दिन पनि बन्यो आज
बाकि कथा अर्को दिन अनि स्वास्थ्य लाभ को कामना साथी को लागि एस्तो बकवास पुरै पढि दिनुभएको मा धन्यबाद अनि अल्छि लागेर अन्तिम वाक्य हेर्न आउनु भएको हरुलाई पनि धन्यबाद 😄😄