Rabiraj Khadka

R&D Engineer w/ Masters in Psychology

म फलाकि नै रहेँ मेरो गौरवको विषय बारे

जब मेरो व्यक्तिगत स्वार्थ पूरा गर्न
केही थान अनुरोधको झोला बोकी जाँदा
बिना सर्त मेरो इच्छा पूरा गर्न उ राजी भयो
तब तथाकथित प्रतिष्ठित संस्था मेरो लागि गौरवको विषय भैदियो ।

जब मेरो सोचलाई यथार्थमा परिणत गर्न
केही कार्यक्रमको थालनी गरि
आयोजकको कमी पूरा गरियो
तब तथाकथित प्रतिष्ठित संस्था मेरो लागि गौरवको विषय भैदियो ।

जब मेरो गलत कदममा औंला ठड्याइयो
सही काममा धाप मारियो
मेरो मार्गदर्शक बनेर हमेसा मेरो सफलताको कामना गरियो
तब तथाकथित प्रतिष्ठित संस्था मेरो लागि गौरवको विषय भैदियो ।

जब यावत गुणगान गाउँदै गर्दा लाखौं लाख सकियो
तब पनि तथाकथित प्रतिष्ठित संस्था मेरो लागि गौरवको विषय नै रहिरह्यो ।

जब मेरा हितैषीहरूका इच्छा पूर्ति गर्न
उ नियमावली संसोधन गर्न तिर लागेन
तब पनि तथाकथित प्रतिष्ठित संस्था मेरो लागि गौरवको विषय नै रहिरह्यो ।

जब मेरो नोक्सानको भर्पाई भर्न
संस्थाका सामानहरू हत्याउन थालियो
उ मौन नै बसिरह्यो र त
तथाकथित प्रतिष्ठित संस्था मेरो लागि अझै पनि गौरवको विषय नै रहिरह्यो ।
तथाकथित प्रतिष्ठित संस्था मेरो लागि अझै पनि गौरवको विषय नै रहिरह्यो ।
तथाकथित प्रतिष्ठित संस्था मेरो लागि सँधै गौरवको विषय बनि नै रहने भो ।

वडा नं १, 27698539

Leave a Reply

Your email address will not be published. Required fields are marked *.

*
*
You may use these <abbr title="HyperText Markup Language">HTML</abbr> tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>