तिनिहरूलाई
आफु सँगै , साथ लिई
अगाडि बढाउन अनि
सँग सँगै
थुप्रै याद
साट्न नपाएको
पिडाबोधमा
सँधै केहि
खड्कि रहन्थ्यो
सँधै केहि
अपुग रहिरहन्थ्यो
बस
आज
बाट
हुँदैन त्यो अभाव अनि आभास
उनिहरू सँगको साथ
रमाईला मिठा याद त
आखिर
उनिहरूकै
भलाइकै लागि रैछ
छुटेको
उनिहरूलाई रोक्न
बाटो छेक्न
नचालेका कदम त
वास्तवमै
भलाई कै लागि रैछ
नयाँ नयाँ आयाममा
नयाँ नयाँ ठाउँमा
आ-आफ्नो नजरिया
डुलाउने
प्रयास गर्नु पनि त
आखिर
भलाई कै लागि रैछ
यस्तै साथ अनि
बिछोड कै याद मा
रम्नु पनि त
आखिर
भलाई कै लागि रैछ
र
त
आजको दिन
पनि खास
भलाई कै लागि रै छ
भलाई को दिन
Khadka Ganesh
Wow! Rabi , amazing one. Waiting for many more poems & gazals. Best wishes !🥰🥰🥰
rabirajkhadka
thank you so much dai