सिम्रिका– नाम एकदमै परिचित थियो रबि को लागि, आज लगभग एक महिना पछी झिमिक झिमिक गर्यो त्यै नाम उस्को मोबाईलमा । एक छिन अक्क न बक्क परेर बसिरह्यो, न रातो बटन थिच्नु न हरियो बटन, आँखा चिम्ल्यो देख्यो त्यै शब्दहरु जुन उस्ले म्यासेज बक्स बाट केहि मिनट अघी मात्र डिलेट गरेको थियो, सम्झियो अन्तिम पटक उसँग बोलेका शब्दहरु जुन उस्ले लाखौँ प्रयास गरेर बिर्सेको थियो, झल झलि आँखा मा आइरहे तिनै चुटकिला अनि मायालु सन्देशहरु जुन उस्ले लुकीछिपी भाइबर र म्यासेन्जर बाट पठाउने गर्थ्यो, अनि आयो आँखामा अन्तिम पल्ट उस्लाई स्कुल मा देख्दा को पल अनि झस्किएर आँखा खोल्यो मोबाईलमा देखियो ३ मिस्ड कल अनि १ अनरिड म्यासेज । कुनै सन्कोच नमानी म्यासेज पढ्न थाल्यो लेखेको रैछ सिर्फ rabi call me ASAP
केहि महिना अघी साथी हरुले सिम्रिका को नाम-थर अनि खै के के हो फेरिएको भएको खबर सुनाएका थिए रवि लाई, त्यै कुरा उस्ले सिम्रिका लाई सोधेको थियो के यो सत्य हो भनेर अनी उत्तर पाको थियो होईन दुवै थर को अर्थ एउटै हो कैले यो लेख्छु कैले त्यो तर किन सोधेको ? अनि कुरा मोड्दै रबिले सुनाएको थियो उस्लाई निकट भविष्यमा आफ्नो अर्धाङ्गिनी बनाउने योजना एत्तिकै मा सिम्रिकासँग को बोलचाल बन्दै जस्तो भको थियो रवि को ।
आज एक्कासी फोन अनि म्यासेज ले कौतुहलता जगायो उस्मा अनि सोच्न थाल्यो आखिर किन call me ASAP लेखेर म्यासेज पठाई उस्ले बिहे गरम भन्न लाई पो हो कि ? कतै बिहे को निम्तो दिन लाई त होईन ?