Rabiraj Khadka

R&D Engineer w/ Masters in Psychology

डेथ भ्यालिको कुनामा

आरतिमा बजेका ति घण्टहरूको
सुमधुर ध्वनि
बायाँ तिरको सुर्य अस्ताउँदै गरेको
मनोरम दृष्य
शालिन मुद्रामा कौसिमा बसेको
मिष्टिक बिरालो
वैजनि रंगको पालुवा फेर्न लागेका
आ
का
श
का
भर्खरै टुटेका एक हुल
बा
द
ल
दल आयोग तिरै लम्कदै
अनि
डेथ भ्यालिको
कुनामा बसेर
एक्लै बतासिँदै
आएको वायुलाई
आफुमा विलिन गराउँदै
मञ्जु श्री ले
काटेका डाँडा नियाल्दै
त्यो एक डल्लो
वातावरणमा
रम्दैछ यिनै प्राकृतिक श्रव्यदृष्य अवलोकन गर्दै
भैमाले आर्यन
विलिन हुन खोज्दै छ
उसकै अंगालोमा बाँधियर
चिसो वताससँगै
यो सुनौलो साँझसँगै
जसरि वायुलाई उसले आफुमा विलिन गराएथ्यो
क्षितिज भन्दा निकै पर
टाढाकी उनीलाई सम्झदै
भैमाले आर्यन
यात्रामा रहेको एक बन्जारा
बन्जाराको विश्रामस्थलमा
तर
उनिसँगको कल्पना त
टुटेर बनेका बैजनि
बा द ल
झैँ छन्
एकै छिनमा
विलाई जाने
एकै छिनमा
आफ्नो अस्तित्व
गुमाइजाने
अरु कसैमा विलिन हुँदै
भैमाले आर्यन
उहि डेथ भ्यालिको कुनामा
🕉💜☮️💜🕎

Leave a Reply

Your email address will not be published. Required fields are marked *.

*
*
You may use these <abbr title="HyperText Markup Language">HTML</abbr> tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>