ति २१ घुम्ति घुम्दै २१० दिन पछि
फेरि आएँ म
फेरि पनी
त्यै गोब्रे पाखाको पहिरो छिचोल्दै
कोदो र धानको भारि पिठ्युँमा बोक्दै
फस्कु खोलाको पानिघट्ट धाउन
रामेश्वर काकाको मिल धाउन
आफ्नो पालो नआउन्जेल
कालिदहमा सँगै पौडि खेल्न
अनि
खेल्दा खेल्दा थाकिसके पछि
घट्ट छेउकै अँगेनामा पकाएको
तात्तातो कोदोको पिठोको तात्तातो रोटि खान
अनि
फुलपाति लिन महाँकालमा गइ
सँगै परेवा उडाउन
फेरि आएँ म
हाम्रो गाउँलाई सिर्फ तिम्रो गाउँ बनाएको
१२ वर्ष पछि
फेरि हाम्रै गाउँ बनाउन
चराङ्गे खोलाको छाल तामाकोशिमा मिसिएर शान्त भएझैँ
उर्लिएको यो चन्चले मनलाइ शान्त बनाउन
म आएँ
फेरि आएँ म
तिम्रो गाउँमा